नवलपुर दुम्कौलीको तापक्रममा रेकर्ड ब्रेक, कति पुग्यो ?

काठमाण्डौँ - नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । चार दिनदेखिको त्यो रेकर्ड तोडिएर ४४ डिग्री सेल्सियस पुगेको हो ।

विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ ।