कोशी सरकारविरुद्ध केदार कार्कीको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ - कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ । तर, एक न्यायाधीशको एक पटक र दुई न्यायाधीशको इजलासमा दुई पटक पेसी तोकिए पनि सुनुवाइ नै पूर्ण इजलासमा परेको छ । 

कोशी प्रदेश विवादको मुद्दा पूर्ण इजलासबाट सुनुवाइ हुनु वाञ्छनीय रहेको भन्दै न्यायाधीशद्वयको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।