नेपाल रिपब्लिक मिडियाको आईपीओ खुल्यो

काठमाडौँ - आजदेखि सर्वसाधरणको लागि नेपाल रिपब्लिक मिडियाको आईपीओ खुलेको छ । 
आईपीओमा जेठ ३० गतेसम्म र ढिलामा असार ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४।९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

  एक सय रुपैयाँ अंकित मुल्यका कूल ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेकोमा निष्कासनमध्ये, ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले ४ लाख ३५ हजार ३ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

बाँकी ३५ लाख २५ हजार ९३० कित्ता सेयर कम्पनीले आजदेखि सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछ ।