'गरिबीको रेखामुनि बसेका सिमान्तकृत नेपालीको हितमा पनि बजेट हुनुपर्छ' : सांसद केसी

काठमाडौँ - सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटको न्यायपूर्ण ढंगले वितरण हुनुपर्नेमा जोड दिए ।

उनले भने, “निरपेक्ष गरिबीको रेखामुनि बसेका सिमान्तकृत नेपालीको सामाजिक सुरक्षा, न्याय र आयलाई प्रत्याभूति गर्नेतर्फ केन्द्रित हुन सकेनौँ भने केही ठाउँको विकासले क्षणिक विकास होला तर राष्ट्रिय विकासको गति अगाडि बढ्न सक्दैन”, उनले भने ।

सांसद केसीले नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले सदनमा सांसदहरुले भ्रष्टाचारका विषयमा बोलेको कुरा संसद्को रेकर्डबाट सहमतिका आधारमा हटाएकोप्रति आपत्ति जनाए  ।