सर्वोच्च अदालतले माग्यो नागरिकता विधेयक प्रमाणीकरण निर्णयको प्रतिलिपि

 काठमाडौँ - सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी निर्णयको प्रतिलिपि माग गरेको छ ।

यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले प्रमाणीकरण गर्ने निर्णयको प्रतिलिपि झिकाउन सरकारलाई आदेश दिएको हो । आज शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुष्पलता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

मन्त्रिपरिषद्ले जेठ १२ गतेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो भने राष्ट्रपति कार्यालयले जेठ १७ गते प्रमाणीकरण गरेको थियो । यससम्बन्धी मुद्दामा जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको छ ।