बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्दै, नागरिकता र टीआरसी विधेयकमा छलफल हुने 

 काठमाडौँ - संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधिश सिफारिस गरेपछि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेृस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफलमा जुटेका हुन् ।

बालुवाटार स्रोतका अनुसार जारी भेटवार्तामा संसदमा रहेको टीआरसी विधेयक, संवैधानिक परिषदको विधेयक र नागरिकता विधेयकबारे दलहरुले सहमति जुटाउने प्रयत्न गरेका छन् । लामो समयपछि दलहरुको सहमतिमा सोमबार संवैधानिक परिषद्ले सर्वोच्चका कामु प्रधानन्यायधिश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको छ ।