शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १६ करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सोल्टी होटलको १४ करोड ४७ लाख, फर्स्ट माईक्रोफाइनान्सको ९ करोड ६६ लाख र पोखरा फाइनान्सको ९ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।  

आज ओरियन्टल होटलको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ८.४६ प्रतिशतले बढ्यो । यो दिन सिटी होटलको सेयरमूल्य ७.९९ प्रतिशत,सोल्टी होटलको ७.४१ र तारागाँउ रिजेन्सी होटलको सेयरमूल्य ६.५६ प्रतिशतले बढ्यो ।  आज सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.४८ प्रतिशतले घट्यो ।  यस्तै आज विन नेपाल लघुवित्तको सेयरमूल्य ४.२५ प्रतिशत र साधना लघुवित्तको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो ।