कोशीमा कहर, नामकरणविरुद्ध आजबाट फेरि आन्दोलन

 विराटनगर - आजदेखि कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलन पुनः शुरु हुने भएको छ । आज झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको शुरुआत गर्न लागिएको हो । 

संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार आजबाट पुनः शुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश–१ को नाम कोशी राखेपछि मुख्यतः किराँत र लिम्बुवान समुदायका मानिसहरु आक्रोशित हुँदै आएका छन् । 

यसैगरी बैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिस्कार तथा उपस्थित भएर विरोध गर्ने जनाइएको छ भने कोशी प्रदेशका जिल्लाहरुमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेशभर गरिने कार्यक्रम सार्वजनिक गरिएको  छ ।