राप्रपा प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहरा प्रहार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसले निषेधित क्षेत्र तोडेका छन्।

सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ।

सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गरेको हो।