बालुवाटारमा जुटेन सहमती, संसदीय समिति बनाउनुपर्ने अडान कांग्रेसको अडान कायमै

काठमाडौँ । सदनको अवरोध खुलाउने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बालुवाटारमा भएको बैठकमा सबै दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति नभइ सकिएको छ ।

बालुवाटारको बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको थियो ।

संसदीय दलको बैठकपछि बालुवाटारका बैठकमा पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितका नेताहरुले अडान कायमै राखेका थिए ।

कांग्रेसले उक्त अडान राखीराख्दा नेकपा एमाले, रास्वपा, माओवादी केन्द्र छानबिन समिति बनाउन नसकिने अडानमा रहेका थिए । दुवै पक्ष आ–आफ्नै अडानमा रहेपछि छलफल बिनानिष्कर्ष सकिएको एक नेताले बताए ।