डढेलो निभाउन जाँदा घाइते भएका एक सैनिकको मृत्यु  

काठमाडौँ । डोल्पाको सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका एक जना सैनिकको मृत्यु भएको छ ।

ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो ।

उक्त डढेलो निभाउन गएका जुम्लाका सैनिक जवान हेमन्त रावतको सोमबार साँझ मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

डढेलोमा परी रावतसहित २३ वर्षीय आशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगर घाइते भएका थिए । रावतको जिल्ला अस्पताल डोल्पामै मृत्यु भएको प्रजिअ दाहालले बताए ।

डोल्पामा डढेलो निभाउने क्रममा सेनाका चारजना गम्भीर घाइते