उपनिर्वाचन : भोलिबाट आचारसंहिता लागु हुँदै, क-कसलाई हुन्छ लागु ?

काठमाडौँ । निर्वाचन आयोगले चैत २८ गते (बुधबार) देखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने भएको छ ।

उपनिर्वाचन हुने क्षेत्र (इलाम र बझाङ) मा २३ खालका व्‍यक्तिहरूलाई आचारसंहिता लागु हुने आयोगका प्रवक्‍ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

“निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर देहायमा उल्लेख भएका व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई संवत् २०८० साल चैत्र २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागु गर्ने निर्णय भएको छ,” शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

हेर्नुहोस् क-कसलाई लागु हुन्‍छ आचारसंहिता: