जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार छान्ने

 काठमाडौँ - जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । 

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमो उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।