राष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेका छन् । बानेश्वरको ल्होत्से हल मतदान केन्द्रमा प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्र पनि ९ दलीय गठबन्धनसम्बद्ध दल हो । ९ दलले साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । पौडेलसँग एमालेका सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गरिरहेका छन् । अहिलेको सिनारियो नियाल्ने हो भने परिणाम पौडेलको पक्षमा देखिन्छ ।