राष्ट्रपतिको निर्वाचन १० बजेदेखि हुने

 काठमाण्डौँ - राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सात वटा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजे पछि उपस्थित मतदाता भने मतदानवाट बञ्चित हुनेछन ।’ 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।