नयाँ मन्त्री थपिँदा पनि सुुदूरपश्चिम सरकार अल्पमतमै, कसरी हुँदैछ सत्ता स्थिर ? 

 काठमाण्डौँ - केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै प्रदेशहरूमा पनि पुरानो सरकार भत्काउने र नयाँ सरकार बनाउने प्रयास शुरु भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो नागरिक उन्मुक्ति पार्टीका थप ३ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरे पनि उहाँ अझै अल्पमतमा हुनुहुन्छ।५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेससँग १८ सांसद र नागरिक उन्मुक्ति पार्टीसँग ७ सांसद छन् । कांग्रेस नेतृत्वको सरकार जोगाउन अझै २ सांसद अपुग छ ।