काठमाडौंका मेयर र चिनियाँ राजदुतबीच भेटवार्ता

काठमाडौं - काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बीच भेटवार्ता भएको छ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको हो।