राष्ट्रपति पदको निर्वाचनमा कति खस्यो मत ?

काठमाडौं - राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।

बिहान ११ः४५ बजेसम्म खसेको प्रदेश तर्फ २१९ र संघीय संसद तर्फ २०२ मत खसेको छ । राष्ट्रपति पदमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।