मतदानपछि ओलीको जवाफ__'कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न मिल्दैन' 

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् । ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने ।