राष्ट्रपतिको निर्वाचनपछि स्थिरतातर्फको नयाँ कोर्स सुरु हुन्छः झाँक्री

खोटाङ - नेकपा (एकीकृत समाजवादी)का नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थीरताबाट स्थिरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी हुन् । “राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा अस्थीरताबाट स्थिरतातर्फको एउटा नयाँ कोर्स सुरु हुन्छ ।