युनियन लाइफको साधारणसभाले पारित गर्‍यो प्रस्तावित लाभांश

 काठमाण्डौँ - युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशसहित गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र इन्स्योरेन्स कम्पनी लिमिटेडसँग मर्जरमा जाने सञ्चालक समितिको निर्णयलाई पारित गरेको छ । बिहीबार सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले साधारण र संस्थापक सेयर संरचना परिवर्तन गरी १९ प्रतिशत संस्थापक सेयरधनीलाई साधारणमा रुपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

कम्पनीको साधारणसभाले सेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट ८.९७ प्रतिशत बोनश सेयर प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नु पर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै कम्पनीको हालको सेयर संरचना अनुरुप संस्थापक समूह तर्फको ७० प्रतिशत सेयरमध्ये १९ प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।