अर्थमन्त्री महत भारत प्रस्थान  

काठमाडौँ । गुजरातमा सुरु हुने भाइव्रेट गुजरात विश्व सम्मेलनमा भाग लिनका लागि अर्थमन्त्री डा.प्रकाश शरण महत आज भारतको दिल्ली गएका छन् ।

भिस्तारा एअरको उडानबाट उनी श्रीमती विना महतका साथ  भारत प्रस्थान गरेका हुन् । भोलिदेखि भारतको उनी त्यसतर्फ गएको अर्थ मन्त्रालयले जनाएको छ ।

सो सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । जनवरी १० देखि १२ तारेखसम्म हुने सम्मेलनमा ३४ वटा देशले भाग लिनेछन् । जसमा पाँच वटा देशका प्रधानमन्त्री तथा राष्ट्रपति नै सहभागी हुने र बाँकी देशका मन्त्रीहरू सहभागी हुने बताइएको छ । त्यस्तै विभिन्न १६ वटा विभिन्न सङ्गठन सहभागी हुने बताइएको छ ।