आजको मौसम : गण्डकी र कर्णालीको उच्च भू-भागमा हिमपात, तराईमा हुस्सु

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू -भागहरूमा हुस्सु लागेको अवस्था छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू - भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू -भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।