कोरियन भाषा परीक्षा तीन चरणमा हुने 

काठमाडौँ - रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको छ  । 
वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी) बीचको बैठकले हिजो भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको छ ।

अब आउने माघ ६ गतेदेखि भाषा परीक्षा शुरु हुने र परीक्षा तीन चरणमा सम्पन्न हुनेछ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए ।

पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइनेछ । त्यस्तै दोस्रो चरणमा  ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिनेगरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको उनको भनाई छ । 
पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ ।

 पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।