सहकारिमा बेतिथि माैलाउँदै : कालभैरव सहकारीका सञ्चालक पक्राउ, १ अर्ब २१ करोड हिनामिना गरेको आरोप

काठमाण्डौँ - प्रहरीले बचतकर्ताको बचत फिर्ता नगरेपछि कान्तिभैरब बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।