आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन दुई सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।