गायक सुरज पण्डितको गीत “जति टाले पनि” सार्वजनिक (भिडियोसहित)

काठमाडौँ - गीतकार रमेश दहालको शव्द र सुरज पण्डितको स्वर तथा सङ्गीतमा “जति टाले पनि जुता‘” बोलको गीत सार्वजनिक भएको छ ।

रेलको बाटो, सिंहदरबार लगायतका चर्चित गीतका गायक सुरज पण्डित र सामाजिक विषयवस्तुमा गीत लेख्न खप्पिस रमेशको सहकार्यमा बनेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

अभाव, गरिवी र त्यसले सिर्जना गरेको एक भरियाको जीवन कथामा गीत बनेको हो । ढाकर खेपेर जीविकोपार्जन गर्न विवश परिवारले एक छाक खान र एक धरो लगाउन समेत सकेका हुदैनन् भने आफ्ना सन्तानको स्वास्थ्य र शिक्षा निकै टाढाको कुरा हुन्छ ।

यहि भाव पोखिएको गीतमा धनराज थापा र सरस्वती खत्री, ईश्वर थापा र ऋतु बस्नेतको जीवन्त अभिनय हेर्न सकिन्छ । जीबी आग्रिको निर्देशन रहेको गीत ज्वाला प्रडक्सनले उत्पादन गरेको हो । गायक सुरज सामाजिक विषयवस्तुमा गीत समेत लेख्छन् ।