सरकारले गर्‍यो तीन सचिवको सरुवा

काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले तीन सचिवको सरुवा गरेको छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको उनले जानकारी दिइन् ।