बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचियो : स्वर्णिम वाग्ले

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् ।

‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनु यो एकदमै नेपाली जनताले चासोको रुपमा हेरेका छन्’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरुले पनि बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने खेल सुरु भएको धारण राखेका थिए ।