गण्डकीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । गत जेठ १६ मा उनी सर्वोच्च अदालतको परमादेशपछि दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

तर पाण्डेसँग आफ्नो पार्टी नेपाली कांग्रेसका २७ सिट मात्र छन् । उनलाई राप्रपा ९२ सिट० ले साथ दिने सम्भावना छ । स्वतन्त्र सांसद दीपक मनाङेको समेत साथ पाए पनि बहुमत पुग्दैन । विपक्षमा रहेको नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनले विश्वासको मत दिने सम्भावना छैन ।

तत्काल विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री पाण्डे बिहीबार काठमाडौंमा पुगेर शीर्षनेतासँग छलफल गरेका छन् । छलफलपछि उनी बजेट अगावै विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १५० बमोजिम विश्वासको मत सम्बन्धी प्रस्तावको सूचना प्रदेश सभा सचिवालयमा शुक्रबार साँझ दर्ता भएको छ ।