भारतलाई गगन थापाले भने-'नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा बनाउँछ'

 विराटनगर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताए ।

भूपरिवेष्ठित देश भएकाले बंगलादेशसम्म बाटो पाउनु पनि नेपालको अधिकार भएको उनले बताए । साथै भोलि सीमा विवादबारे छलफल गर्दै जाँदा भोलि समयले कहाँ पु¥याउँछ भनेर अनुमान गर्ने र त्यसका अधारमा पोजिसन बनाउन जरुरी नभएको उनले बताए ।