एमालेले वडामा सदस्यको अनुपात ३ प्रतिशत कार्यक्रम चलाउने

काठमाडौँ - नेकपा एमालेले एक वडामा सदस्यको अनुपात कम्तीमा ३ प्रतिशत’ कार्यक्रम चलाउने भएको छ । एमालेले अन्तरपार्टी निर्देशन अपानि–७ जारी गर्दै सदस्यता शुद्धीकरण, नवीकरण, विस्तार र तथ्याङ्क शुद्धीकरणलाई तीव्रता दिने उल्लेख गरेको हो । जसअनुसार प्रदेशमा कारणवश नवीकरण छुटेकाहरूको आवेदनमाथि असार १५ सम्म जिल्ला कमिटीले आवश्यक निर्णय गरिसक्नुपर्ने छ ।  

 ‘नयाँ निर्णय भएका सदस्य, नवीकृत सदस्य र नयाँ सदस्यसहित सम्पूर्ण सदस्यहरूको विवरण प्रदेशमार्फत असार मसान्तसम्म केन्द्रीय संगठन विभागमा पठाउने । संगठन विभागले यथाशीघ्र सदस्यता अद्यावधिक गरी प्रमाणीकरण गर्ने’, एमालेले उल्लेख गरेको छ, ‘विवरणको ढाँचा पहिले नै पठाइ सकिएको छ ।’

यस्तै एमालेले आगामी निर्वाचनमा ‘मिसन–१५०’ पूरा गर्न प्रदेश प्रदेशमा कूल मतदाताको ६ प्रतिशत र प्रत्येक वडामा कम्तीमा ३ प्रतिशत सदस्यता पुर्‍याउने गरी काम गर्ने पनि उल्लेख गरेको छ ।