एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ ।

यही वैशाख २८ गतेदेखि ३० गतेसम्म झापामा बस्ने तय भएको बैठक काठमाडौंमै बस्न लागेको हो ।

संसदको बजेट अधिवेशन सुरू भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।