सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ५४ करोड

 काठमाण्डौँ - सेयर बजार नेप्से परिसुचक  साताको कारोबारको चौथो दिन बुधबार सामान्य घटेर बन्द भएको छ । आज सेयर बजार ०.२१ अंकले घटेर १,९६० को विन्दुमा पुगेर बन्द भएको हो । 

आज दिनभरिमा ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा  २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ ।