सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको हो ।

आइतबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ३ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भईरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।