शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख २६, काठमाण्डौँ । आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १० करोड ६० लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै ग्रामिण विकास लघुवित्तको सेयरमूल्य ७ करोड १५ लाख,हिमालयन डिस्टलरी ५ करोड ८६ लाख र गोर्खाज फाइनान्सको ५ लाख ६८ लाख बढीको सेयर कारोबार भएको छ ।  

यो दिन इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो । आज दोल्ती पावर कम्पनीको सेयरमूल्य ९.७४ प्रतिशत,समता घरेलु लघुवित्तको ९.६७, ग्रामिण विकास लघुवित्तको ८.२१ र श्रृजनशिल लघुवित्तको सेयरमूल्य ७.४५ प्रतिशतले बढ्यो ।  

आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ३.६९ रहेको छ ।