सुहाङ नेम्वाङले आज सांसद पदको सपथ ग्रहण गर्दै

काठमाडौँ - प्रतिनिधि सभा सदस्यमा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्ने भएका छन्। संसद सचिवालयका अनुसार आज बिहान ११ बजे नेम्वाङलाई सभामुख देवराज घिमिरेले सपथ ग्रहण गराउने भएका छन् । 

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल शपथ ग्रहण कार्यक्रम राखिएको छ ।  शपथ खुवाएर घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएपछि सांसदको जिम्मेवारी पाउनेछन् ।