नागरिकता विधेयकका विषयमा राष्ट्रपति पौडेल कानुनी परामर्शमा

काठमाडौँ - तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेपछि उनी कानुनी परामर्शमा व्यस्त छन्।

आइचबार महान्यायाधीवक्तासहितका केही कानुनविदसँग परामर्श गरेका राष्ट्रपति पौडेलले आज पनि परामर्शलाई निरन्तरता दिने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ।

कानुनविद्हरुसँग राष्ट्रपतिले अघिल्लो राष्ट्रपतिले होल्ड गरेको राखेको विधेयकलाई आफूले सिधै प्रामाणीकरण गर्न मिल्ने नमिल्ने, संवैधानिक व्यवस्थालगायतका विषयमा परामर्श गरिरहेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुवँरले जानकारी दिए।