नक्कली शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा सन्देश राम्रो गएन, सामसुम पार्ने प्रपञ्च नहोस् : लामिछाने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने घटनानालाई सिङ्गो देश र अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको बताएका छन् ।

आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रि–बजेट छलफलमा भाग लिदै उनले सिङ्गो देश र अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको घटनालाई यो वा त्यो नाममा सामसुम पार्ने वा दोषीलाई उन्मुक्ति दिने काम कसैबाट हुन नहुने बताएका हुन् ।