सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौँ । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । सामानहरु राखिएको स्टोरमा आगलागी भएको हो ।

उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो । सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको थियो ।

विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको दाबी छ । अहिले चार वटा दमकलको सहयोगमा आगो निन्त्रणको प्रयास भइरहेको छ ।