मेडिसिटी अस्पतालमा अभिनेत्री पूजा शर्माको शल्यक्रिया

काठमाडौँ । अभिनेत्री पूजा शर्माले ललितपुरको मेडिसिटी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गराएकी छिन्।

सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूजा आफैंले  शल्यक्रिया सफल भएको बताएकी हुन् ।

स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन् । डाक्टरको सल्लाहअनुसार आफूले आराम गरिरहेको उनले बताएकी छन् ।