नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु

काठमाण्डौँ - नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । 

नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो । यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पु(याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक 

कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिए ।  

उनका अनुसार आठवटै प्रदेश कार्यालयले एक हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गरिनेछ । वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पु(याइसक्ने केन्द्रको दाबी छ । यस पटक केन्द्रलाई कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छापेर बिक्री गर्ने जिम्मा दिइएको छ । जसका लागि एक करोड ५० लाखथान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । 

उहाँले छाप्नुपर्नेमध्ये एक करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको दाबी गरे । उनले बाँकी १० लाखथान पाठ्यपुस्तकको छपाइ चैत मसान्तसम्म सकिने बताए । कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा भने निजी मुद्रण संस्थालाई दिइएको छ र उनीहरूले एक करोड २० लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ ।