डोल्पामा डढेलो निभाउन गएका  चार सुरक्षाकर्मी घाइते, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ । डोल्पामा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जना सुरक्षाकर्मी घाइते भएका छन् ।

दुनही नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगो निभाउन गएका चार जना सेना गम्भिर घाइते भएको  प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीले जानकारी दिए ।

घाइतेहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको केसीले बताए । वनमा लागेको डढेलो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खटिएका छन् ।