त्रिसूली नदीलाई  ‘पर्यटकीय सम्पदा नदी’ घोषणा गर्नुपर्छ  पर्यटन व्यवसायी

 काठमाडौँ - पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई  ‘पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् । त्रिशूली नदीमा ड्याम बनाएर १०० मेघावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना सञ्चालन गर्न प्रयास भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिजले यस्तो माग गरेका हुन् । उनीहरूले यसबारे सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् ।

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले त्रिशूली नदी धार्मिक र सांस्कृतिक हिसावले समेत महत्वपूर्ण रहेको भन्दै यसलाई संरक्षण गरेर राख्नुपर्ने बताए ।