शिव मन्दिरको भजन कृतन गर्ने कोठामा एक पुरुषको शव फेला

काठमाडौँ । मकवानपुरको मनहरीस्थित शिव मन्दिरभित्र अन्दाजी ५१ वर्षीय पुरुषको शव फेला परेको छन्। 

मनहरी गाउँपालिका-  ७ मनहरी बजारमा रहेको शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र राक्सिराङ गाउँपालिका - २ निङराङका डिलबहादुर थिङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनका छोरा घटनास्थल पुगेर शवको सनाखत गरेका हुन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको छ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।