आजको मौसम : मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना !

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसका कारण पहाडी भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

उच्च  पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने महाशाखाको भनाइ छ। यस्तै राति पनि देशका पहाडी भागमा आंशिकदेखी सामान्य बदली हुने देखिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली भागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ । वर्षासँगै हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।