राष्ट्रपति निर्वाचनबारे राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि निर्णय गर्ने

काठमाण्डौा - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय गर्ने भएको छ ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा रास्वपाले फागुन २५ गते बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । भोलि नै राष्ट्रपति निर्वाचन हुँदै छ ।

बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा ९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् ।

अन्य ठूला राजनीतिक दलले भने कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पौडेललाई मतदान गर्ने निर्णय गरेका छन् ।

त्यस्तै, एमालेले नेम्वाङलाई मतदान गर्ने निर्णय गरिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।