राष्ट्रपति निर्वाचन तयारी पूरा : बुथमा मोबाइल प्रतिबन्ध, बेलुका ७ बजेसम्म परिणाम आइसक्ने

काठमाडौं -  निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान गर्नेगरी सम्पूर्ण तयारी पूरा गरेको जनाएको हो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । भने निर्वाचनका लागि संघीय संसद्का सदस्यहरू र प्रदेशसभाका सदस्यहरू मतदाता हुनेछन्।