गायक सुरज पण्डितको शब्द संगीत रहेको मौलिक देउडा गित 'लैजा मेरी चरी' सार्वजनिक 

काठमाण्डौँ - रेलको बाटो लगायतका अथार्थपरक कालजयी गित गाएर चर्चा बटुलेका गायक सुरज पण्डितको शब्द संगीतले भरिएको अर्को देउडा गीत बजारमा आएको छ । गायिका तथा मोडल लक्ष्मी आचार्यको आवाजमा देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक भएको हो । 

गीतमा म्युजिक एरेन्ज योगेशकाजी शाहको रहेको छ । मिक्सिङ तथा सम्पादन श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको सहमिक्सिङ तथा सम्पादन किरण सुनारको र रेकर्डिङ पवन विकको रहेको छ । सार्वजनिक गीतमा गितार सञ्जीव रसाइली, बाँसुरी रत्न विक र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ । गायिका आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।