पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा  

काठमाडौँ ।  पूर्व डीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले  बुधबार राति  डिआइजीको शंखमुलस्थित घरमा छापा मारेको हो ।

सूर्यदर्शन सहकारीसँग सम्बन्धित विवरण भएको एउटा विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । पोखरा प्रहरीको टोलीले काठमाडौँ प्रहरीको सहयोगमा काठमाडौँको शंखमूलबाट बचतकर्ताको विवरण रहेको आशंका गरिएको विद्युतीय उपकरण नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी स्रोतले बताएको छ ।

पूर्व डीआईजी जोशी फरार रहेका सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईका पार्टनर हुन् । ग्यालेक्सी टेलिभिजनमा जोशीको पनि लगानी थियो ।